ओलीलाई माधवको प्रश्न- नेकपा ब्युँताउन तयार हो ?

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा ब्युँताउन प्रस्ताव गरेका छन् । शुक्रबार प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई भेटेर अध्यक्ष नेपाललाई नेकपा ब्युँताउन प्रस्ताव गरेको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित एकीकृत समाजावादीनिकट भूपू सैनिक तथा प्रहरी संगठनको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले नेकपा ब्युँताउने प्रस्ताव अध्यक्ष प्रचण्डसँग राखेको बताए । अध्यक्ष नेपालले भने, ‘आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुराकानी भयो । मैले उहाँलाई पनि भने हाम्रो पुरानो पार्टी नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?’

यसअघि राष्ट्रपतिको निर्वाचनताका नेकपा ब्युँताउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भएका थिए । तर, त्यसबेला नेकपा एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव राख्दा कुनै चासो नराखेको अध्यक्ष नेपालको भनाइ छ ।

एमालेका अध्यक्ष ओलीलाई प्रश्न गर्दै भने, ‘के अब चासो राख्न तयार हो त ? त्याग गर्न तयार हो त पार्टी एकताको लागि ? ल ठीक छ, पार्टी एकताको लागि को–कोले के–के त्याग गर्नुपर्ने हो तयार हुनुप¥यो !’ उनले नेकपाले दुईतिहाइ बहुमत प्राप्त गर्दासमेत ओलीले जोगाउन नसकेको पनि बताए । उनले अब नेकपा ब्युँताउने हो भने नयाँ ढंगले अगाडि बढ्नुपर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार