
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ नम्बर वडा कार्यालयले आफ्नो वडामा गठित टोल विकास संस्थालाई क्षमता विकास तालिम दिने भएको छ ।
टोल विकास संस्थाका पदाधिकारीहरुलाई आउँदो १३ र १४ चैतमा क्षमता विकास तालिम संचालन गरिने वडा अध्यक्ष भूपाल योङहाङले जानकारी दिए ।
तालिममा वडामा गठित १३ वटा टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहनेछ ।
वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयजन एवम् व्यवस्थापनमा तालिम संचालन हुनेछ । तालिम वडा कार्यलयको सभाहलमा संचालन हुनेछ ।
टोल विकास संस्थालाई सक्रिय बनाई प्रभावकारी रुपमा परिचालन गर्न एवम् जिम्मेवार र जवाफदेयी बनाउने उदेश्यले तालिम संचालन गर्न लागिएको वडाअध्यक्ष योङहाङले बताए ।
तालिमका लागि माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० को बजेट तथा कार्यक्रममा वडा सिलिङतर्फ क्षमता विकास तालिम शिर्षकमा वडाले बजेट विनियोजन गरेको थियो ।















































