इलाम : महेन्द्र रत्न बहुमुखि क्याम्पसको स्ववियू निर्वाचनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानलै बिजयी भएको छ । १२ सय ८ मत खसेको मध्ये अनेरास्ववियूका दर्शन राईले ५९७ प्राप्त गरि बिजयी भएका हुन् । नेपाल विद्यार्थी संघको प्यानलबाट उठेका सभापतिका उमेद्धवार याकु राईले ४८५ मत प्राप्त गरेका छन् । यसैगरि अखिल क्रान्तिकारीका राजेन्द्र विक (लोहार) ६६१ मत सहित बिजयी भएका छन् । कोषाध्यक्षमा सोहि प्यानलका बिशाल कार्की ६ सय ७३ मत सहित बिजयी भए ।
सदस्यमा अनेरास्ववियु प्यानलका गोपिराज लिम्बु, ज्ञानेन्द्र चापागाई, बबिता खनाल, शम्भु राई, पुस्कर बोहोरा, मनिसा दुलाल र उज्वल पौडेल बिजयी भएका छन् । समानुपातिक मतगणना यस अघिनै आइसकेको छ । महेन्द्र रत्न बहुमुखि क्याम्पसमा एमाले अनेरास्ववियु पहिलो नेविसंघ दोस्रो, अखिल क्रान्तिकारी तेस्रो, चौथोमा नेकपा एस निकट अनेरास्ववियूले तेस्रो मत पाएका छन् । १७ वर्षपछि भएको स्ववियू निर्वाचनको समानुपातिक तर्फको मतगणना अनुसार एमाले निकट अनेरास्ववियूले ३ सय ९८ मत प्राप्त गरेको छ ।
मंगलबारे बहुमुखी क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारी राप्रपा निकट विद्यार्थी संगठनको प्यानल निर्वाचित भएको छ । निर्वाचनपछि भएको मतगणनामा अध्यक्षमा फुर्वा तामाङ, सचीवमा रुद्र प्रसाद पौडेल, कोषाध्यक्षमा विशाल तामाङ र सदस्यमा केशव निरौला र मनिशा तामाङ बिजयी भएका छन् । यसैगरि सदस्यमा बन्दना अधिकारी, नेत्रकुमार कार्की, सलिना श्रेष्ठ, प्रकाश चम्लागाई, प्रबिन बास्तोला निर्वाचित भएका छन् । मंगलबारे बहुमुखी क्याम्पसमा गएराती मतगणना सम्पन्न भएको थियो । इलाम क्याम्पसमा भने आजमात्र मतगणना सम्पन्न भएको हो ।