मंगलबारे बहुमुखी क्याम्पसमा अनेरास्ववियु नेतृत्वको संयुक्त प्यानल विजयी

  नयाँ बुलन्द
203 Shares

इलाम :  इलामको देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा संयुक्त प्यानलका उम्मेद्वार फुर्वा तामाङ (सुनिल) विजयी भएका छन् ।

आइतबार भएको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त ‘स्वतन्त्र विद्यार्थी प्यानल’ का तामाङ अध्यक्षमा विजयी भएका हुन् ।

प्रतिष्पर्धीलाई तिन मतान्तरले पछि पार्दै तामाङ विजयी भएका हुन् । तामाङले ८९ मत पाउँदा उनका प्रतिष्पर्धी नेपाल विद्यार्थी संघका तर्फबाट उम्मेद्वार कुशल रेग्मीले ८६ मत मात्र पाएका थिए ।

सचिवमा सचिवमा संयुक्त प्यानलकै उम्मेद्वार अनेरास्ववियुका रुद्रप्रसाद पौडेल ९९ मतका साथ विजयी भए । उनका प्रतिष्पर्धी नेविसंघकी भूमिका मगरले ७१ मत मात्र पाइन् ।

त्यस्तै कोषाध्यक्षमा संयुक्त प्यानलबाटै अखिल (क्रान्तिकारी) का विशाल तामाङ ९७ मतका साथ विजयी भए । उनका प्रतिष्पर्धी नेविसंघकी अनिता घिमिरेले ७४ मत मात्र पाइन् ।

सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ । पाँच सदस्यमा संयुक्त प्यानलबाट दुई र नेविसंघबाट निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट  अनेरास्ववियुका केशव निरौला (९४ मत) र अखिल (क्रान्तिकारी) की मनिषा बम्जन (८५ मत) मात्र विजयी भए ।

नेविसंघबाट सलिना श्रेष्ठ (८७ मत), प्रकाश चम्लागाईं (८८ मत) र प्रविन बाँस्तोला (८६ मत) निर्वाचित भएका छन् ।

संयुक्त प्यानलबाट अनेरास्ववियुका बन्दना अधिकारी (८० मत), मौसम तामाङ (८२ मत) र सुमन राई (७७ मत) एवम् राप्रवि संगठनका नेत्रकुमार कार्की (८१ मत) पराजित भएका छन् ।

दुई सय सात जना मतदाता रहेको क्याम्पसमा एक सय ७९ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार