विराटनगरका ५ क्षेत्रमा सभा जुलुस गर्न प्रतिबन्ध

  नयाँ बुलन्द
112 Shares

मोरङ : जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश राजधानी विराटनगरको मुख्य ५ क्षेत्रहरुलाई निषेधिक क्षेत्र ताकेको छ ।प्रदेश सभा अन्तर्गत पूर्वमा देबकोटा चोकदेखि कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रोडशेष चोकदेखि जतुवा चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरेको छ ।

त्यस्तै, मुख्यमन्त्री निवास परिपरि ३०० मिटरसम्मको क्षेत्र प्रदेश प्रमुखको कार्यालय तथा निवास परिपरिः ३०० मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङः डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी भट्टराईले जरुरी सूचना जारी गर्दै कोशी प्रदेश नामाकरण पश्यात असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना जुलुस आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनगर गर्दै निशेधित क्षेत्र तोकिएको हो ।

चैत ५ गते विहान ६ वजेदेखि अर्को आदेश नभएसम्म कुनै पनि सभा जुलुस, भेला, धर्नाजस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३क) बमोजिम निषेध गरिएकोले प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार