मंगलबारे :स्वतन्त्र बिद्यार्थी युनियन (स्वबियू) को निर्वाचन यहि चैत्र ५ गते हुँदैछ ।निर्वाचन नजिकिएसंगै इलामको देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पसका विद्यार्थी संगठन विभिन्न एजेण्डाका साथ मत माग्न व्यस्त छन् । चैत्र ५ गते हुने निर्वाचनका लागि नेपाल बिद्यार्थी संघ एक्लै निर्वाचन लड्दै छ भने अनेरास्ववियू,अखिल क्रान्तिकारी र राप्रविसले गठबन्धन बनाएका छन् । नेकपा एमाले निकट अनेरास्ववियु, नकेपा माओवादी निकट अखिल क्रान्तिकारी र राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनले गठबन्धन बनाएका हुन् ।नेपाली काग्रेस निकटको नेविसंघबाट स्वबियू सभापतिमा कुशल रेग्मी उम्मेदवार रहेका छन् ।उनले क्याम्पसमा देखिएका बिकृतिलाई अन्त्य गर्नु पहिलो काम हुने बताए ।यस्तै सचिवमा भूमिका मगर र कोषाध्यक्षमा अनिता घिमिरे रहनुभएको छ ।सदस्यहरुमा सलिना श्रेष्ठ,सुमना राई,प्रकाश चम्लागाई,प्रविन बास्तोला र लोचन बराल रहेका छन् ।गठबन्धनबाट सभापतिमा फुर्वा तामाङ ,सचिवमा रुद्र प्रसाद पौडेल,कोषाध्यक्षमा विशाल तामाङ, सदस्यहरुमा बन्दना अधिकारी,मौसम तामाङ,मनिषा तामाङ,नेत्र कुमार कार्की र केशव निरौला छन् । मंगलबारे बहुमुखी क्याम्पसमा २ सय ७ जना बिद्यार्थीले मतदान गर्नेछन् ।



