राष्ट्रिय जनमोर्चाद्वारा संघीयताविरुद्ध देशव्यापी अभियानको घोषणा

messenger sharing button
फाइल तस्वीर
twitter sharing button
इलाम: राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने भएको छ ।
बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरुद्ध चैतमा देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसीले चैत १० देखि २० गतेसम्म संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिए ।

केसीका अनुसार अभियानअन्तर्गत सभा,कोणसभा गरिनेछ । जनमोर्चाले संघीयता खारेजको अभियान सञ्‍चालन गर्दै आएको छ ।

पार्टीको जनाआधार भएका जिल्ला प्यूठान,बाग्लुङ,अर्घाखाँची सहित रुपन्देही, कैलाली, कन्चनपुरमा ठूला सभा र कार्यक्रम गर्ने निर्णय भएको केसीले जानकारी गराए । संघीयताले देशलाई टाट पल्टाएको निष्कर्ष सहित यसको खारेजीको माग गर्दै विरोधका कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।

बैठकले २०८० सालको वैशाख १ गतेदेखि जेठ महिनाभरी संगठनात्मक कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको छ ।-अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार