माङसेबुङ गाउँपालिकामा आन्दोलनकारीले लगाएको ताला प्रहरीको रोहवरमा खुल्यो

  बालकृष्ण बस्‍नेत
952 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा आन्दोलनकारीले लगाएको ताला प्रहरीको रोहबरमा खुलाएको छ ।

शुक्रबार आन्दोलनकारीले लगाएको ताला इभाङ प्रहरी चौकीको रोहबरमा खुलाइएको गाउँपालिकाले जनाएको छ ।

ताला खलाएसँगै कार्यालयको नियमित काम सुरु भएको छ । यसअघि आन्दोलनकारीले गरेको तालाबन्दीका कारण कार्यालयको काम प्रभावित बनेको थियो ।

यस्तै गाउँपालिका कार्यालयसँगै विभिन्न वडा कार्यालयमा लागेको ताला पनि सोमबार खुलाइएको छ ।

कोशी प्रदेश खारेजको माग गर्दै आन्दोलनरत प्रदेश नं. १ पुन: नामाङंकन संयुक्त संघर्ष समितिले आन्दोलनलाई स्थानीय स्तरमा केन्द्रित गर्दै पालिका र वडामा तालाबन्दी गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार