झापा : झापाको विर्तामोडमा विभिन्न पहिचानवादी पार्टी बीच एकता भएको छ । पार्टी एकता घोषणा कार्यक्रमको आयोजना गरी राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा विभिन्न ६ वटा पहिचानवादी पार्टीहरुबीच एकता भएको हो ।
राष्ट्रिय जनमुक्ति पार्टी (संघीय परिषद), संघीय लिम्बूवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बूवान लोकतान्त्रिक पार्टी, लिम्बूवान राष्ट्रिय समिति, लोसपा र किराँत लिम्बूवान प्रदेश नामाङ्कन अभियानबीच एकता भएको हो । सम्बद्ध पार्टीका शीर्ष नेताहरुले संयुक्त रुपमा एकता सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
जनमुक्ति पार्टीका महासचिव विष्णु खाम्देनले पहिचानको आन्दोलनलाई व्यवस्थित गर्दै एकता यात्रा शुरु गरिएको बताए । उनले भने, “नेपाली जनता र नेपाली क्रान्तिको आवश्यकतालाई महसुस गरेर एक ढिक्का भएर अघि बढ्न लागिएको हो ।” नेपालको औपनिवेशिक एकात्मक एकल जातीय राज्य संरचनाको अन्त्य गरी नेपालको ऐतिहासिक जातीय पहिचानको आधारमा स्वायत्त राज्य स्वायत्त क्षेत्र, विषेश क्षेत्र संरक्षित क्षेत्र एवं गैर-मौगोलिक स्वायत्तता एवम् स्वशासन सहितको संघीय लोकतान्त्रिक बहुल राष्ट्र राज्य नेपाल स्थापना गर्न, राज्यको हरेक अङ्गहरुमा जातीय जनसंख्याको आधारमा समानुपातिक, समावेशी र सहभागीतामुलक प्रतिनिधित्व एवम् पूणर् समानुपातिक निर्वाचन प्रणालीको सिद्धान्त लागू गर्ने, नेपाली समाजको आमूल रुपान्तरण गर्न स्वदेशवाद, बहुलराष्ट्रवाद बहजातीय, सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्त एवम् विचार अंगीकार गर्दै नयाँ इन्द्रेणी समाज निर्माण गर्ने सहमति भएको छ ।
कोशी प्रदेश नामांकन खारेज गर्दै प्रदेश नं. १ को पुनः नामांकनका लागि सशक्त आन्दोलन गर्ने लगायतका सहमति भएको र्ने सहमति भएको संयोजक केपी पालुङ्वाले बताए ।
एकताको सम्पूणर् प्रक्रिया पूरा नभइञ्जेल सम्मको लागि राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाको संयोजकत्वमा प्रत्येक संगठनको अध्यक्ष र पदाधिकारीहरु सहितको पार्टी एकता कार्यसम्पादन समिति गठन गरिने संघीय लिम्बूवान पार्टीका कोषाध्यक्ष एलबी पालुङ्वाले जनाए । एकीकृत पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, पार्टीको विधान घोषणा-पत्र, आचारसंहिता लगायतका प्राविधिक पक्षहरु कार्यसम्पादन समितिले तय गर्ने बताइएको छ ।