
इलाम : १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकुद प्रतियोगिता २०७९ मा सबैभन्दा धेरै स्वर्ण जित्दै इलाम नगरपालिका च्याम्पियन बनेको छ ।
इलामको फाकफोकथुम गाउँपालिका ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा विहीबार सम्पन्न प्रतियोगितामा २४ स्वर्ण, ७ रजत र १० काँस्य जित्दै इलाम नगरपालिका च्याम्पिय नबनेको हो ।
प्रतियोगितामा ९ स्वर्ण, ८ रजत र ५ काँस्य जित्दै चुलाचुली गाउँपालिका दोश्रो बनेको छ । ६ स्वर्ण, ६ रजत र १० काँस्य जित्दै सूर्योदय नगरपालकिाकाले तेश्रो बनेको छ । ५ स्वर्ण, ७ रजत र ४ काँस्य जित्दै फाकफोकथुम गाउँपालिका चौथो बनेको छ ।
३ स्वर्ण, १ रजत र ५ काँस्य सहति देउमाई नगरपालिका पाँचौ, २ स्वर्ण, ५ रजत र ५ काँस्य सहति रोङ गाउँपालिकाले छैटौं, २ स्वर्ण २ रजत र २ काँस्य जित्दै माईजोगमाई गाउँपालिका सातौं बनेको छ ।
त्यस्तै १ स्वर्ण, ५ रजत र ८ काँस्य जित्दै माई नगरपालिका आठौं, ३ रजत र २ काँस्य जित्दै माङसेबुङ गाउँपालिका नवौं र २ रजत जित्दै सन्दकपुर १० औं बनेको छ ।
विजेता र उपविजेता बनेका पालिकाहरुलाई फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार हस्तान्तरण गरे ।
कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाको अध्यक्षतामा भएको थियो ।
यसपटकको प्रतियोगिता पहिलोपटक सदरमुकामबाहिर संचालन भएको थियो । प्रतियोगिताको व्यवस्थापन फाकफोकथुम गाउँपालिकाले गरेको थियो ।
कार्यक्रममा १४ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड माङसेबुङ गाउँपालिकामा आयोजना गर्नका लागि झण्डा समेत सो गाउँपालिकालाई हस्तान्तरण भएको अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।















































