पाँचथरः किरात याक्थुङ चुम्लुङ फिदिम नगर कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । बुधबार फिदिमस्थित चुम्लुङ्हिममा सम्पन्न अधिबेशनले देउकुमार नेम्बाङ्को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा बीरबहादुर केरुङ,सचिव सुरेन्द्र केरुङ,सहसचिव सुसिला जबेगु र कोषाध्यक्ष कमला तुम्बापो नेम्बाङ रहेका छन् ।
सदस्यमा गणेश बहादुर लिम्बू,कल्पना तुम्बापो, धनकुमारी तुम्रोक,गंगामायाँ तुम्रोक, पृथ्वीविक्रम इङ्वा,जयप्रसाद मेयोङ्बा,कमल तुम्रोक, महेन्द्रकुमार तुम्बापो, भीमकुमारी तुम्बापो, जयबहादुर नेम्बाङ चुनिएका छन् । भर्खरै १ नम्बर प्रदेशको नाम आदिवासी जनजातीको पहिचानलाई नामेट गर्ने गरि षड्यन्त्र पुर्वक गरिएको नामाकरण प्रति असन्तुष्ट जनाउँदै ‘कोसी प्रदेश खारेज गर’ भन्ने मुल नारा सहित फिदिम बजार परिक्रमा गरिएको थियो । त्यसपछि कार्यक्रम उद्घाटन समारोहमा चुम्लुङ प्रदेश अध्यक्ष मधु केरुङ, राजनैतिक दलका प्रतिनिधिहरु,नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिलेन्द्र सुब्बा,राष्ट्रिय चुम्लुङ सदस्य सागर केरुङ लगायतले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकानासहित मन्तब्य राखेका थिए ।