इलाम : कोशी प्रदेश खारेज गरी पहिचान सहितको पुन:नामाङ्कनको माग गर्दै आन्दोलनरत पहिचान सहितको प्रदेश १ को पुनः नामाङ्कन अभियान समितिले
इलामको माङसेबुङमा शाखा विस्तार गरेको छ ।
अभियानको सहअध्यक्ष केहेरसिं योङहाङको सहजीकरण तथा अभियानका जिल्ला सदस्य धनसिंङ सङबाङफेको अध्यक्षतामा बसेको भेलाले उदयविक्रम तुम्बापोको नेतृत्वमा २३ सदस्यीय समिति गठन गरेको छ ।
अभियान समितिको उपाध्यक्ष सम्झना राई, सचिव अमृत चेम्जोङ, कोषाध्यक्ष अम्बिका नेम्वाङ चयन भएका छन् ।
सदस्यहरुहरुमा प्रेमराज केरुङ, टेकहाङ चेम्जोङ, गंगा आङबुहाङ, जलन आङबुहाङ, विरेन्द्र साँबा, कृष्ण समारुङ, टीकाराम राई, जगतबहादुर लावती, रामकुमार आङबुहाङ, देवीप्रसाद नेम्वाङ, बीरबहादुर माबोहाङ, रुद्र बहादुर सावदेन, भीमलाल चेम्जोङ, सन्तबहादुर फियाक, जीतमान तिगेला, भीमबहादुर लिङ्देन, लक्ष्मी योङहाङ, पृथ्वी साम्पाङ, अनिता योङहाङ, देव बहादुर कुरुम्बाङ, विरेन लिम्बू, रामकुमार लावती चयन भएका छन् ।
कार्यक्रममा अभियान समितिका उपमहासचिव नन्दकुमार नेम्वाङले अभियानको उद्देश्य र औचित्य बारे प्रष्ट पारेका थिए । त्यसैगरी बुद्धिजीवी तथा समाजसेवी एनएस फागो, जसपा माङसेबुङ अध्यक्ष किसान खजुम, माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्र कुमार राई, अभियान सदस्य होमबहादुर लिङ्देन लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन अभियान सदस्य मनकुमार आङबुहाङले गरेका थिए ।
मुख्यमन्त्री कार्कीको पुत्ला दहन
यसैबीच आन्दोलनकारीले माङसेबुङ ५ स्थित यलम्बर चोकमा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरेका छन् ।
कोशी प्रदेश खारेज गरी पहिचानका आधारमा पुन:नामाङ्नको माग गर्दै आन्दोलनकारील मुख्यमन्त्री कार्कीको पुत्ला दहन गरेका हुन् ।
कोशी प्रदेश नामाङ्ककन विरुद्ध अभियान समिति, लिम्बूवान किरात संघर्ष समिति लगायतले चरणवद्ध आन्दोलन गरिरहेका छन् ।