१० जना सहिदका परिवारलाई माओवादीको सम्मान

इलाम : इलामको रोङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गाउँपालिकाको १० जना सहिदको परिवारलाई सम्मान गरेको छ ।

माओवादी केन्द्रको सहिद सप्ताह अन्तरगत आइतबार रोङ गाउँपालिका ३ को कुटिडाँडामा आयोजित कार्यक्रममा सहिदको योगदानको स्मरण गर्दै सहिद परिवारलाई सम्मान गरिएको हो ।

माओवादी केन्द्र रोङका अध्यक्ष देवकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुने सहिदहरु जीवन प्रधान, लिला तिम्सिना, फौदशिह लिम्बु, किसान राई, सुरेन्द्र राई, प्रमिला राई पूर्ण गुरुङ, चेतन भटराई, धनबहादुर मगर र हरि दाहालको परिवारका सदस्यहरु रहेका छन् । उनीहरु जनयुद्धमा सहिद भएका थिए ।

सहिद परिवारका सदस्यहरुलाई कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईंले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् । १० वर्षे जनयुध्दको समयमा राज्य पक्षबाट मारिएकाहरुको सम्झनामा सम्मान कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चापागाइले १० वर्षे जनयुध्दको फलस्वरुप अहिले देशमा तिन तहको सरकार बनेको भएपनि जनताको मनबाट माओवादी केन्द्र पार्टी हट्न थालेको दुखेसो सुनाए । जनयुध्द र सहिदको सम्मानमा उपयुक्त स्थानमा सहिद पार्क बनाउन आगामी वर्ष बजेट र कार्यक्रमको व्यवस्था गर्ने बताए ।

कार्यक्रममा माओवादी केन्द्र रोङका इन्चार्ज घनश्याम थापा, भक्तबहादुर खवास, लगायतले पार्टीको वर्तमान अवस्था र चुनौतीको बारेमा धारणा राखेका थिए । हिल उड रिसोर्टमा भएको कार्यक्रम माओवादी केन्द्र रोङका सचिव इन्द्रबहादुर राईले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार