झापा : झापाको दमकमा रहेर लामो समयदेखि सामाजिक तथा व्यवसायिक क्षेत्रमा स्थापित लायन्सकर्मी बबरजंग थापा (किरण) लाई लायन्स क्लब इन्टनेशनल डिस्ट्रिक ३२५ सीको सेकेण्ड भाइस गभर्नरका रुपमा उम्मेदवारी घोषणा गरिएको छ ।
दमकको पहिलो लायन्स क्लबका रुपमा रहेको लायन्स क्लब माउण्ट एभरेष्टका संस्थापक सदस्य समेत रहेका थापालाई माउण्ट एभरेष्टले शुक्रबार औपचारिक कार्यक्रम गरी भाइस गभर्नरका लागि उम्मेदवारी घोषणा गरेको हो । उनी दुई दशकदेखि लायन्स अभियानमा संलग्न भई विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
लायन्स क्लब इन्टरनेशनल ३२५ सीका गभर्नर धिरज गुरुङको प्रमुख आतिथ्य र माउण्ट एभरेष्टका अध्यक्ष भगवान बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरुले लायन्स अभियानमा सक्रिय थापालाई गर्भनरका साझा उम्मेदवारका रुपमा प्रस्तुत गरिएको जनाएका थिए ।
कार्यक्रममा सेकेण्ड भाइस गभर्नरका अर्का आकांक्षी वर्तमान सेक्रेटरी लिला चिमरियाले सहमति , सहकार्य र एकताको मुलमन्त्रलाई आत्मसाथ गर्दै आफनो दाबी छोडेर सन लायन्स बर्ष २०२३-०२४का लागि थापालाई सो पदमा समर्थन गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा दमक नगरपालिकाकी उपप्रमुख समेत रहेकी रेगिना भट्टराई प्रसाइँले लायन्सकर्मीहरु हरेक क्षेत्रमा योग्य नेतृत्व स्थापित गर्न सधैं निणर्ायक भुमिकामा रहने गरेको स्मरण गरिन् ।
दमक जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, पूर्व अध्यक्ष प्रकाश प्रसाइँ लगायतले लायन्सको क्षेत्रमा झण्डै दुई दशक बिताएका थापालाई अब सहायक सेकेण्ड भाइस गभर्नरमा अघि सार्नुको विकल्प नरहेको भन्दै आ-आफनो ठाउँबाट देशैभर अभियानमार्फतनै लायन्स क्लबहरुलाई सो बिषयमा सुसूचित गर्नुपर्ने औंल्याए । स्थानीय केविआर होटलमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा दमकका लायन्स क्लवहरु,रोट्याक्ट, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।