इलामको पुवामझुवामा सिचाई कुलो निर्माण सुरु, नगर प्रमुख केदार थापाबाट शिलान्यास


इलाम : इलाम नगरपालिका ३, पुवामझुवामा ९९ लाख ४२ हजार आठ सय ९० रुपैयाँको लागतमा कूलो निर्माण सुरु भएको छ ।
नगरपालिका ३ मा साना सिचाईं कार्यक्रम अन्तर्गत पुवामझुवा क्षेत्रमा सिचाईं कूलो निर्माण सुरु भएको हो । निर्माण सुरु गरिएको कूलोको शिलान्यास आईतबार ईलाम नगरपालिका का मेयर केदार थापाले गरे । तालखर्क सिचाईं जल उपभोक्ता संस्थाको आयोनामा जनप्रतिनिधि, उपभोक्ता संस्थाका पदाधिकारी र सदस्य एवम् उपभोक्ताहरुको उपस्थितीमा कूलोको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा नगरपालिकाका मेयर सहित वडा अध्यक्ष प्राविधिक जनप्रतिनिधि लगायतको उपस्थिती थियो । उपभोक्ता संस्थाका अध्यक्ष खड्ग बहादुर गुरुङ्गको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमको संचालन  सचिव हेम गुरुङ्गले गरेका थिए ।
स्थानीय तालखर्क खोलाबाट पानी ल्याउने गरी १६ सय २० मिटर दुईतर्फि आर.सि.सि ढलान ४२ मिटर आर.सि.सि कभर कुलो निर्माण ६० मिटर पाईप कुलो निर्माण विभिन्न ३ स्थानमा भिलेज रोड ब्रिज ९ स्थानमा फुट ब्रिज र ५ स्थान खोल्सिहरुमा सुपरप्यासेज रहेको संस्थाका अध्यक्ष खड्ग बहादुर गुरुङ्गले जानकारी दिए । सो सिचाईं कूलो निर्माण सम्पन्न भएपछि पुवामझुवाका २०० घुरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।
कूलो निर्माणका लागि स्वीस सरकारको ३० प्रतिशत, तिनै तहका सरकारले २०/२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी रहेको छ । कुलो आर्थिक वर्षमा सम्पन्न गर्नु पर्ने समेतिले बताए । पुवामझुवाको मुख्य मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि सुरु भएको सिचाईं कूलो निर्माणको कार्यलाई तीब्र बनाईएको छ । ’ युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायिकरणबाट आय आर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिचाई कार्यक्रम संचालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार