इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको जिल्ला भेला तथा छलफल कार्यक्रम शनिबार आज हुँदैछ ।
नेपाल पत्रकार महासंघ इलामको सभाहलमा विहान ११ बजेदेखि भेला तथा छलफल कार्यक्रम प्रारम्भ हुने फोनिज इलामले जनाएका छ ।
आगामी फागुन २७ र २८ गते मधेस प्रदेको सर्लाही जिल्लाको हरिवन नगरपालिकामा हुने फोनिजको नीति तथा विधान सम्मलेनका लागि सुझाव संकलन गर्न भेला तथा छलफल गर्न लागिएको फोनिज इलामले जनाएको छ ।
भेला तथा छलफल कार्यक्रममा फोजिन इलामका पदाधिकारी र सदस्य, संघीय प्रतिनिधि, प्रादेशिक प्रतिनिधि एवम् साधारण सदस्यहरुको सहभागिता रहनेछ ।
भेला तथा छलफलले संस्थागत सदस्य संस्थाहरुको विकास, अल्पसंख्यक पत्रकारबारे फोनिजको नीति, फोनिजको आर्थिक नीति, फोनिजको तालिम तथा प्रशिक्षण नीति, फोनिजको प्रकाशन तथा प्रचार निति र पत्रकार महिलाको विकासबारे फोनिजको नीतिबारे सुझाव संकलन गरी सम्मेलनका लागि पेश गर्नेछ ।