इलाम : नेपाल प्रेस युनियन इलामले स्थापना गरेको रामप्रसाद दुलाल स्मृती पत्रकारिता पुरस्कार इलामका अग्रज पत्रकार सोम सुसेलीले पाउने भएका छन् ।
प्रजातान्त्रिक योद्धा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा युनियनले स्थापना गरेको पुरस्कार यसवर्ष सुसेलीलाई दिइने निर्णय भएको युनियनका सचिव टीका खतिवडाले जानकारी दिए ।
पुरस्कारको राशी नगद २० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कार आगामी चैत्र वितरण गरिने खतिवडाले जानकारी दिए ।
सुसेली विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सुसेली इलामबाट सञ्चालन भइरहेको रेडियो नेपालवाणी एफएमको स्टेसन म्यानेजर छन् । सेलीको नेतृत्वमा इलामबाट इलाम एक्प्रेस दैनिक समेत सञ्चालन भइरहेको छ ।
२०४६ सालमा साप्ताहिक बिचारदेखि पत्रकारिता सुरु गरेका सुसेलीले यस गोरखापत्र दैनिक, न्युज २४ टेलिभिजन, एभिन्युज टेलिभिजन, इमेज टेलिभिजनलगायतमा समेत काम गरिसकेका छन् ।
इलाममा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल अग्रज पत्रकारलाई पुरस्कार प्रदान गरिने सो पुरस्कारबाट अघिल्लो वर्ष विजयशेखर भट्टराई पुरस्किृत भएका थिए ।