इलाम नगरपालिका ५ नम्बर वडाद्धारा सडक स्तरोन्नतीलाई तीव्रता

इलाम : इलाम नगरपालिका ५ नम्बर वडा कार्यालयले सडक स्तरोन्नतीलाई प्राथामिकता दिएको छ । वडा भित्रका मुख्य सडकलाई नाली पेटी सहित ग्रावेल गर्ने वडा कार्यालयले योजना बनाएको छ । जसअनुसार अहिले विभिन्न सडकको काम सुरु भईसकेको वडाअध्यक्ष काजी बहादुर श्रेष्ठले बताए । उनका अनुसार दूध चिस्यान केन्द्र हुँदै मालबासे मुलाबारी हुँदै पुवाखोलासम्मको सडक स्तरोन्नतीको काम भइरहेको छ । पक्की नाली पेटीसहित यो सडकलाई ग्रावेल गर्ने योजना छ । यस्तै विब्ल्याँटे बजारबाट रुलुक जाने सडकको लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।यो सडक मर्मतका लागि कर्लभट निर्माण र ग्रावेल गर्ने काम भइरहेको छ ।चुरेघाँटीदेखी तोरीबारी हुँदै पुवाखोला जाने सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए ।हाल यो सडकलाई चौडा गर्ने काम भइरहेको छ ।आगामी पाँच बर्षमा सबै सडकलाई नालीपेटी सहित ग्रावेल गर्ने तयारीका साथ काम भइरहेको वडासदस्य प्रकाश दुलालले बताए ।उनका अनुसार वडाका विभिन्न सडक स्तरोन्नती र मर्मतका लागि यो बर्ष ६० लाख रुपैयाँ भन्दा धेरै बजेट विनियोजन भएको छ ।गुणस्तरीय काम गरेर बाहै्र महिना सडक संचालन गर्न सक्ने गरी लागिपरेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार