इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित

इलाम  : इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल (चेतनाथ) निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान अध्यक्ष इश्वर चिपालुलाई एक सय ५६ मतले पछि पार्दै पौडेल अध्यक्षमा निर्वाचित भएको हुन् । पौडेलले तीन सय ६४ मत प्राप्त गरे भने चिपालुले दुई सय आठ मत प्राप्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष पदमा दिपेश श्रेष्ठ निर्वाचित भए । उनले प्रविण श्रेष्ठलाई दुई सय ६१ मतले पछि पार्दै निर्वाचित हुनु भएका हुन् । विजयी दपेशले  चार सय ८ मत प्राप्त गरे । प्रविण श्रेष्ठले एक सय ४७ पाएका थिए ।

उद्योग उपाध्यक्ष तर्फ श्री विष्ट तीन सय ४ मत सहित विजयी भए । उनका प्रतिष्पर्दी प्रेम सापकोटाले दुई सय ४७ ल्याएका थिए ।

वाणिज्य उपाध्य मा बालबुमार श्रेष्ठ निर्वाचित भए । देवी पौडेल र उनले एक सय ९४ मत  अर्थात बराबारी मत ल्याएपछि गोलाप्रथाद्वारा श्रेष्ठ विजयी भएका हुन् । सो पदमा अनुजा सुवेदीले एक सय ६२ मत ल्याएका थिए । महिला उपाध्यक्षमा दिब्य भट्टराईले दुई सय ७५ मत प्राप्त गर्दै निर्वाचित भइन् । खिना बस्नेतले दुई सय ७० मत प्राप्त गरिन् ।

सचिवमा सुमन दास दुई सय ६७ मत प्राप्त गर्दै विजयी भए । प्रतिष्पर्दी रामचन्द्र नेपालले १ सय ७९ मत र नेत्र पोखरेलले १ सय ९ मत प्राप्त गरेका थिए ।

महासचिव पदमा हेमन्त गौतम र कोषाध्यक्षमा पदमा सन्तोष भक्तराज निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै खुल्ला सदस्य पदमा समेत धर्मेन्द्र सुवेदी, हिमाल बस्नेत, नितेस खत्री, दिपेश खत्री र दिनेश महत निर्विरोध भए ।

महिला सदस्यहरुमा भगवती कोइराला मन्जु, शारदा उप्रेती, लिलादेवी मैनाली निर्वाचित भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार