झापा : प्रेस सेन्टर नेपालक झापाको अध्यक्षमा राजु पाठक निर्वाचित भएका छन् ।
शनिबार भएको नवौं जिल्ला अधिवेशनले पाठकको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा होमप्रकाश अधिकारी, सन्तोष शर्मा, महिला उपाध्यक्ष शर्मिला पुरी, सचिवमा पुष्प खड्का, सहसचिवमा सुमित भण्डारी, विरेन्द्र सुब्बा, कोषाध्यक्षमा केशव चापागाँई निर्वाचित भएका छन् ।
सदस्यहरुमा टिकाराम बाँस्तोला, पर्वत तामाङ, दर्पण शर्मा, बालदिवश तामाङ, रत्न बुढाथोकी, भोला तिम्सिना र रत्न सुवेदी निर्वाचित भएका छन् ।
कार्याक्रममा जिल्लाका पत्रकारजन्य संघ संगठनका प्रमुख तथा केन्द्रिय पदाधिकारीले पत्रकारहरु आफै अव प्रविधिमैत्री भएर सक्रीय पत्रकार हुनु पर्ने बताएका छन् ।
निर्वतमान अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्याक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष विवेक गौतम, केन्द्रिय सचिव विमल लामिछाने, प्रदेश अध्यक्ष विनोद घिमिरे, पूर्व अध्यक्ष तारामणी सापकोटा पत्रकार महासंघ झापा जिल्ला उपाध्यक्ष केशव भट्टराई, प्रेस यूनियनकी केन्द्रिय प्रतिनिधि रेजिना गौतम्, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, मेचीनगर प्रेस क्लवका अध्यक्ष डम्बर बराल, सुकेडाँगी सामुदायिक बनका अध्यक्ष शान्ति उपाध्यय घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका छन् ।
कन्काई नगरपालिका वडा नम्बर २ को सुकेडाँगी सामुदायिक वनको कार्यालयमा भएको कार्याक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको कार्याक्रम संचालक निर्वतमान सचिव उद्धव पुरीले जानकारी दिए ।