जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक हरि खतिवडाका अनुसार शुक्रवार अपरान्नह घरमा आगलागी भएको थियो ।
परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको र क्षती विवरण आउँन बाँकी रहेको प्रहरी कार्यालयले जनाएको छ ।
पाँचथरः हिलिहाङ गाँउपालिका ७ यवा डाँडामा आगलागी हुँदा घरमा रहेका दुई बच्चाको जलेर मृत्यु भएको छ । प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ ५ का श्रण पन्थाकका ५ बर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम ५ का सन्तोष खातीको ४ बर्षीय छोरा निशान खातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।