नेपाल राष्ट्रिय शिक्षक संगठनको नगरपरिषदमा शिक्षकलाई सम्मान र स्वागत

इलाम : नेपाल राष्ट्रिय शिक्षक संगठन माई नगर समितिको तेस्रो नगर परिषद् शिक्षकलाई सम्मान र स्वागत गर्दै मंगलबार सम्पन्न भएको छ ।

सुखानी सामुदायिक अध्ययन केन्द्रको भवन शुक्रबारेमा सम्पन्न परिषदमा अबकास शिक्षकहरु कृष्ण कार्की, चन्द्रबहादुर तामाङ र देबेन्द्र ढकाललाई सम्मान गरिएको थियो ।

त्यस्तै शिक्षक सेवा आयोगबाट उत्तीर्ण भई आएका शिक्षकहरु भवानीप्रसाद चम्लागाई, चेतन रेग्मी र हरिनारायण शाहलाई स्वागत गरिएको थियो।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य प्रकाश खनालको प्रमुख अथित्यता सम्पन्न नगर परिषदमा संगठनका माई नगर सचिव घनश्याम निरौलाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष मनबहादुर मगरले आर्थिक र महिला उपाध्यक्ष बसन्ती राईले महिला प्रतिबेदन पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार