इलाम : नेपाल शिक्षक संघको नवौ जिल्ला अधिवेशन आज इलाममा सुरु भएको छ । १४ सय सदस्य भएको संघको २ दिन चल्ने अधिवेशनले नया“ कार्यसमिति समेत चयन गर्नेछ । जिल्ला अध्यक्ष डोरप्रसाद पौडेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमका वक्ताहरुले समाज परिवर्तको वाहककोरुपमा रहेका शिक्षकहरुका समस्या हल गर्न माग गरेका थिए । सहभागीले शिक्षकहरुले समस्याकाबीच पनि गुणस्तरीय शिक्षा प्रदान गर्न कन्जुस्याई गर्न नहुने तर्क गरेका थिए । नया“ शिक्षा ऐन वन्न नसक्नुले, विषयगत शिक्षकको अभाव, सरुवामा भेदभाव जस्ता कारणले शिक्षक समस्यामा रहेको सहभागीको भनाई थियो । कार्यक्रममा संघका केन्द्रिय महासचिव सोमनाथ गिरी, नेपाली काग्रेसका जिल्ला अध्यक्ष डम्वर खड्का, सचिव पूर्ण गौतम, सहसचिव देवेन्द्र सुवेदी, संघका केन्द्रिय सदस्य खड्ग थापा, ट्रेड युनियन का“ग्रेसका जिल्ला अध्यक्ष हरिनाथ फूएल, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, तरुण दलका अध्यक्ष नरेश श्रेष्ठ, नेविसंघका अध्यक्ष टिकाराम पूरी, नेपाल राष्ट्रिय शिक्षक संगठनकी ममता केसी, अखिल नेपाल शिक्षक संगठनका अमृत लिम्वु, प्रगतीशिल शिक्षक संगठनका वेनुप भट्टराई, सम्मानित व्यक्तिको तर्फवाट डालाकुमारी कार्की, प्वव्सनका दिपेन्द्र वराल लगायतले मन्तव्य राखेका थिए । अधिवेशनका क्रममा समाजको विभिन्न क्षेत्रमा अगुवाई गरिरहेका १० जना पूर्व शिक्षकलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा प्रदेश सभासदस्यहरु सम्शेर राई, गोविन्द गिरी, खगेश्वरी अधिकारी, केशव पौडेल, पूर्ण गौतम, डालाकुमारी कार्की, नरहरी अधिकारी, राम गिरी, छविलाल पौडेल, अनिता शिवाकोटी रहेका छन् । त्यस्तै माइजोगमाई कार्य समितिलाई उत्कृट घोषित गरियो ।