पवित्रहाङमा कप : उपाधिका लागि पाहुना टोलि दार्जिलिङसँग मोरङ भिड्दै

  नयाँ बुलन्द
245 Shares

फाइल तस्विर

माङबुङ :  इलामको माङ्सेबुङमा आयोजित पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा पाहुना टोलि एमएफसी दार्जिलिङ भारतसँग नवदीप युबा क्लब मिक्लाजुङ मोरङले प्रतिष्पर्धा गर्दैछ ।

प्रस्तावित आत्मानन्द रङ्गशालामा आज (बुधबार) १० बजे हुने फाइनलमा विदेशी पाहुना टिम दार्जिलिङ र घरेलु टिम मोरङ आमनेसामने हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिताका प्रतियोगिताको विजेताले नगद दुई लाख एक सय ६७ र उपविजेताले एक लाख एक सय ६७ प्राप्त गर्नेछन् ।

गत २३ फागुनदेखि जारी प्रतियोगितामा नेपाल र भारतका १० महिला फुटबल टिमहरुको सहभागिता थियो ।

खेलको समापन कार्यक्रममा प्रदेश १ का शहरी विकासमन्त्री जीवन आचार्य माङसेबुङ आउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार