प्रणय दिवसमा ट्राफिक सचेतना कार्यक्रम

  नयाँ बुलन्द
119 Shares

ईलाम : प्रणय दिवसको अवसरमा रोङ विद्यार्थी एकता समितिले इलाम र झापाको सीमा क्षेत्रमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सचेतना फैलाउनको निमित्त स्थानीय रुटमा सञ्चालन हुने एक सय ५० बढी सवारी साधनमा मादक पदार्थ सेवन गरी सवारी नचलाउने प्रतिबद्धता सहितको ‘मेरो परिवार र यात्रुको जिम्मेवारी ‘म’ मा’ लेखिएको स्टिकर टाँसी सवारी चालकलाई  प्रेमको प्रतीक गुलाफ फुल समेत प्रदान गरिएको थियो प्रहरी नायब निरीक्षक भानु मगरले जानकारी दिए ।

रोङ विद्यार्थी एकता समितिको अध्यक्ष विमल कट्टेलको अध्यक्षतामा र रोङ गाउँपालिका उपाध्यक्ष विष्णु माया भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रहरीलाई गुलाफको फूल दिनुका सथै सम्मान गरेको छ ।

उपाध्यक्ष खवासले विद्यार्थीले गरेको सचेतनामूलक कामको प्रशंसा गरिन् । उनले कतिपय विद्यार्थी आफ्नो प्रेमीप्रेमिकासँग घुमफिर गरिरहँदा रोङ विद्यार्थी एकता समितिका विद्यार्थीहरुले सामाजिक काममा दिएको यो तत्परताले खुसी लागेको बताइन् ।

आगामी दिनमा रोङ विद्यार्थी एकता समितिसग सदैब सहकार्य गरेर जाने र पालिकाले गर्नुपर्ने सहयोगबाट पछि नपर्ने प्रतिवद्धता जनाइन् ।

उनले ट्राफिक नियम सबैले मान्नुपर्ने र सबैलाइ सचेत गराउन पनि प्रहरी समक्ष अनुरोध गरिन् ।

कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट जोरकलस, प्रहरी चौकी किटेनी, पर्यटन सूचना केन्द्र जोरकलस र अनुकरण फाउन्डेसन रोङ इलामको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार