
इलाम : प्रदेश नं. १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता इलाममा हुने भएको छ । वरबोटे ब्याडमिन्टन क्लवको आयोजनामा फागुन १८ देखि २० गते सम्म इलाम नगरपालिका ५ को वर बोटे बहुउद्देश्यीय कवर्डहलमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबल, भेट्रान्स र जिल्ला स्तरीय प्रतियोगिता गर्ने तयारी रहेको वर बोटे ब्याडमिन्टन क्लबका सचिव राजन दहालले जानकारी दिए ।
मेन्स डबल प्रतियोगिताको प्रथम ३० हजार, दोस्रो २० हजार र तेस्रो सात हजार पाँच सय / सातहजार पाँच सय पुरस्कार रहेको छ । तेस्रो पुरस्कार दुई वटा टिमले पाउनेछन् । त्यस्तै भेट्रान्स र जिल्ला स्तरीय प्रतियोगिताको प्रथम २५ हजार, दोस्रो १५ हजार र तेस्रो पुरस्कार पाँच/ पाँच हजार रुपैया रहेको छ । भर्खरै दर्ता भएर प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गरेको क्लबले आर्थिक अभावका बाबजुद खेलको आयोजना गरेको क्लबका अध्यक्ष गृष्म सुब्बाले बताए । एक वर्ष अघि कवर्डहल निर्माण सम्पन्न भएर प्रतियोगिता बिनै हल रहिरहेको भन्दै खेलको आयोजना गरेको अध्यक्ष सुब्बाले बताए ।
प्रतियोगितामा भाग लिने टिमले फागुन १७ गते दिउसो १ बजे सम्ममा दर्ता गराइसक्नु पर्ने छ । पुरुष खुल्ला डबल दुवै खेलाडी एउटै जिल्लाको हुनुपर्ने भेट्रानको हकमा आफ्नो उमेर खुल्ने परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने छ । खेल सम्पन्न गराउनको लागि जिल्लाका सरोकार संघ संस्थासँग आयोजकले छलफल गरिरहेको छ ।