पवित्रहाङमा कप : टाइब्रेकरमा दार्जीलिङ फाइनल प्रवेश

  नयाँ बुलन्द
2.6k Shares

माङबुङ :  इलामको माङ्सेबुङमा जारी पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा एमएफसी दार्जिलिङ भारत फाइनल प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो तथा अन्तिमा सेमीफाइनलमा धनकुटा जिल्ला खेलकुद संघ धनकुटालाई ट्राइबेकरमा ४-१ गोल अन्तरले पराजित गर्दै दार्जिलिङले फाइनलको यात्रा तय गरेको हो ।

खेलअवधिभर एक गोलको अग्रता लिएको दार्जिलिङले इन्जुरी समयमा रक्षा गर्न नसक्द टाइब्रेकरसम्म खेल धकेलिएको थियो । इन्जुरी समयमा धनकुटाले गोल फर्काउँदै खेल ट्राइबेकरमा धकेलिएको थियो ।

जितसँगै दार्जिलिङले उपाधिका लागि बुधबार हुने फाइनलमा नवदीप युबा क्लब मिक्लाजुङ मोरङसँग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । फाइनल खेल बिहानको १० बजेदेखि सुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिताका प्रतियोगिताको विजेताले नगद दुई लाख एक सय ६७ र उपविजेताले एक लाख एक सय ६७ प्राप्त गर्नेछन् ।

गत २३ फागुनदेखि जारी प्रतियोगितामा नेपाल र भारतका १० महिला फुटबल टिमहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार