अक्षय कोषका लागि पूर्व शिक्षकबाट इभाङ माविलाई एक लाख बढी रकम प्राप्त

  नयाँ बुलन्द
672 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ स्थित इभाङ माध्यमिक विद्यालयलाई अक्षय कोष स्थापनाका लागि एक लाख बढी रकम प्राप्त भएको छ ।

विद्यालयलाई आर्थिक, भौतिक र शैक्षिक योगदान गर्ने व्यक्तिलाई सम्मानका लागि अक्षय कोष स्थापना गर्न विद्यालयका एक पूर्व शिक्षक कन्काई नगरपालिका ३ का कुलबहादुर बस्नेतले एक लाख एक हजार एक सय ११ रुपैयाँ उपलब्ध गराएका हुन्  ।

बस्नेतले दिवङ्गत मावली हजुरबुवा र हजुरआमाको नाममा रन्दिप भद्रमाया स्मृति अक्षय कोष स्थापनाका लागि सोमबार विद्यालयमा नै उपस्थित भई प्रधानाध्यापक नबिन बस्नेतलाई हस्तान्तरण गरेका छन् ।

सो रकमको ब्याजबाट आउने रकमले अन्तिम कक्षाका एक छात्रा र एक छात्र एवम् स्थापना कालदेखि विद्यालयको आर्थिक, भौतिक र शैक्षिक क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने लक्ष्य रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार