इलामको लेकाली क्षेत्रमा गोठको बसाइ

पशुपालन नै जिबिकोपार्जनकाे बाटाे

  नयाँ बुलन्द
280 Shares

इलाम : इलामको उत्तरी लेकाली क्षेत्रमा पशुपालन गरेर जिबिकोपार्जन गर्ने किसानको समय गाइगोठमा बित्ने गरेको छ । जिबिकापार्जनको एकमात्र बिकल्पको रुपमा रहेको गाईपालन ब्यावसाय हो । उनिहरुमा पारिवारिक मोह भन्दापनि गोठको बसाई भिनै संसार जस्तो छ ।
गाइपालन गरेर दुधबाट घिउ र छुर्पि बनाइ बिक्री गरिने र साथमा वाख्रा पालन उनिहरुको बषौ देखीको कर्म हो ।उसोत ९ बर्षदेखी पशुपालन गरेर गोठमा बिताए माइजोगमाइ गाउँपालिका- २ बिज्जेका ढाकाराज खड्काले ।

उनि आलु बिकास केन्द्र नजिकमा माइजोगमाइ -२ र सन्दकपुर- ५ को सिमाना तालपोखरीमा गोठ राखेर बसेका छन् । उनले सधै त्यही स्थानमा गोठ राख्ने भने हैन । हिउँदमा न्यानो खोज्दै तल र वर्षा याममा माथिल्लो क्षेत्र जौवारी अासपासमा बर्खे गोठ बनाएर बस्छन् । खड्काले  हिउँ पर्ने बेलामा गोठ तल तालपोखरीमा झारेका हुन् ।

उनको गोठमा अहिले १५ माउ गाइ १० वटा बाछाबाछी , १० वटा  बाख्रा र खसी छन् । एकान्तको गोठमा एक्लै बस्छन । बिहान  सबेरै उठेर खोले- दाना गाइदुहुने , गाइ फुकाएर अनकन्टरको जंगल र फाटमा पठाउने गरेको  दैनिकी सुनाउछन् । गाइ जंगलमा छाडेपछि  माउ छाडेको बिपरित दिशामा लगेर बाछाबाछी छाडीदिने गरेको भन्छन् । माउ र बाछा-बाछी अलग दिशामा छाडेपछि दिउँसो  दूध नखाने र बेलुका माउ एकातिर बाछा एकातिर गोठमा थन्काउने गरेको सुनाउछन् ।

गाइ जंगलमा पठाएर थलोभकारो , दुध तताउने , घिउ बनाउने, छुर्पी चेप्ने कामले  दिन बितेको पत्तै पाउदैनन् । उनि मात्रै हैन त्यस क्षेत्रमा अन्य ३० बढिले  लालिगुरास पशुपालन कृषि समुह गठन गरेर गाईपालन गरेका छन् ।खड्का समुहका अध्यक्ष हुन् ।  उनिहरुको गोठमा घर सरह छ । उध्योग छ ।चाहिने सबै थोक गोठमा छ । गोठमै खाना पकाउने खाने, दुध डेरी र उत्पादित सामाग्रीहरु पनि गोठमा राखिने सुरक्षित भण्डार पनि एकै ठाउँ छ ।  सोलार पावर गोठमा छ । जसको उपयोग गरेर उज्यालो र मोवाइल चार्ज गरिने खड्काले बताए ।

गाई चरणमा जंगली जनावरको त्रास  रहन्छ कहिले काही चर्न गएको पशुहरु लड्ने गरेको र कहिले काही जंगली जनावरको शिकार हुने सामान्य मानिन्छ खड्का भन्छन् । तर चोरि हुने र हराउने भने गरेको छैन ।एक माउ गाइले सात -आठ लिटर सम्म मात्रै दुध दिदा पनि बर्षमा तिन लाख कमाइ हुने खड्काले बताए ।

माथिल्लो चरिचरण क्षेत्रमा गाइबस्तुलाइ घास कहिल्यै काटेर हालिदैन ।उन्नत जातका गाई पनि छैनन स्थानिय जातका गाइहरु पालन गरिने अर्का ब्यावसायी भिम बहादुर सुवेदी बताउछन् ।सुवेदी ३० बर्ष पहिलाबाट गोठमा बस्छन् ।गोठपालेर सबै गुजारा चलेको उनी बताउँछन् ।उनको अहिले ठुलो सानो गरेर ३० वटा गाई छन् ।

गाइबस्तुको मल नजिकै रहेको आलु बिकास केन्द्रले खरिद गरिदिने भएकोले  लागतको धेरै खर्च मल बिक्रीबाट समेत सहयोग हुने गरेको उनिहरुको भनाइ रहेको छ । यसरी  उत्पादन भएको सामाग्रीहरु नजिकैको जौवारी बजार र भारतीय बजार मानेभन्ज्याङ र दाजिलिङ्ग सम्म लैजाने गरेका छन् ।

लेकाली क्षेत्रका मानिसको मुख्य पेशा पशुपालन हो ।कारणबस पशुपालन ब्यावसाय संकटमा पर्ने हो भने त्यसक्षेत्रमा मानिस बसाइसर्नुको बिकल्प नभएको अर्का ब्यावसायी वङगेल तामाङ बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार