इलाम नगर प्रमुख थापाद्धारा नरमखोला सिचाईं आयोजना सिलान्यास

  नयाँ बुलन्द
0 Shares

इलाम : नरमखोला भित्ते बिच गाउँ हुदै हाइड्रो सिचाइ योजनाको इलाम नगर प्रमुख केदार थापाबाट सिलान्यास भएको छ ।

इलाम नगरपालिका ४ को सिचाई आयोजना इलाम नगरपालिकाका प्रमुख केदार थापाले एक कार्यक्रमका बिच भित्तेमा सिलान्यास भएको हो । आर्थिक बर्ष २०७९/०८० को वार्षिक कार्यक्रममा रहेको योजनाको कुल लागत ७६ लाख ८१ हजार २ सय ४७ रुपैया छ।

१ हजार ७ सय ४ मिटर लामो कुलोको १ हनार ३ सय मिटर दुवै तर्फ पक्कि बन्ने छ । १ इन्टक, ७ वटा पैदल पुल ८ वटा सुपरप्यासेज, ५ आउटलेट, ४ भिलेज रोड बिज, मेसिनेरि वाल ,ग्याबिन पर्खाल निर्माण हुनेछ । आयोजनको १ हजार मिटर कुलो खन्ने काम अढाइ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

६ वटा समुहमा कामको बिभाजन गरि दैनिक ७५ जना स्थानियबासीले रोजगारीका अवसर पाउने सिचाइ योजना समयमै ,गुणस्तरीय निर्माण साना सिचाई फिक्कल कष्टरका प्रमुख केशव लामाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार