जनता माबिका विद्यार्थीमा रुने कराउने समस्या देखिएपछि पठनपाठन अवरुद्ध

  लक्ष्मी प्रसाद मिश्र  198 पटक हेरिएको

दानाबारी : इलामको माई नगरपालिका–९ चिसापानी स्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा रुने कराउने समस्या देखिएपछि पठनपाठन अवरुद्ध भएको छ।

बिहिबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका २० जना भन्दा बढि विद्यार्थीमा उक्त समस्या देखिएपछि बिद्यालय बन्द गरिएको हो ।

एका एका विद्यार्थीमा समस्या  देखिएपछि डर त्रासका कारण अन्य विद्यार्थीमा पनि समस्या देखिने भएकाले विद्यालय बन्द गरिएको विद्यालयलका प्रधानाध्यापक हरिचरण घिमिरेले जानकारी दिए । ‘बिशेष गरी टाउको दुख्यो भन्ने, रुने कराउने, बेहोस हुने जस्ता समस्या देखियो,’ घिमिरेले भने, ‘तत्काल स्वास्थ्यकर्मीका टोली बोलायौं।’

स्वास्थ्य परीक्षण गर्दा विद्यार्थीहरुमा मास कन्भर्जन डिसअर्डर भएको पुष्ट भएको प्रअ घिमिरेले जानकारी दिए।

यता माई अस्पतालका प्रमुख डा . रामकृष्ण आचार्यले  एक प्रकारको मनोवैज्ञानिक समस्या भएको बताउदै आहिले आतिनुपर्ने अवस्था नरहेको बताए । उनले एक दुई दिन अन्य विद्यार्थीमा सग घुलमुल हुन नदिए समस्या समाधान हुने बताएका छन । आचार्यले कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र शिक्षकहरुलाई पनि सँगै राखेर मास कन्भर्जन डिसअर्डर समन्धी परामर्श दिईएको बताए।  उनले भने, ‘एउटालाई भएपछि डर, त्रासबाट एकपछि अर्कोमा देखा पर्दै जाने मास कन्भर्जन फेरि पनि देखिन सक्ने भएकाले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई परामर्श दिएका हौँ।’

अब थप विद्यालयमा  समस्या नदेखियोस् भन्नका लागि शुक्रबार र आईतबार दुई दिन विद्यालय बन्द गरिएको समेत प्रधानाध्यापक घिमिरेले नयाँ बुलन्दलाई बताए । सो विद्यालयमा यस प्रकारको समस्या देखिएको यो तेस्रो पटक भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार