मिक्लाजुङ मोरङको विजयी सुरुआत, मंगलबार दमक र दार्जिलिङ भिड्दै

  नयाँ बुलन्द
189 Shares

माङसेबुङ : इलामको माङसुबङमा सुरु भएको पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा मिक्लाजुङ मोरङले विजयी सुरुआत गरेको छ ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङले विजयी सुरुवात गरेको हो ।

जितका लागि मिक्लाजुङकी पुर्णिमा राईले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतियोगिता अन्तरगत मंगलबार रोयल स्पोर्टिङ क्लब दमक झापा र एम.एफ.सी. दार्जिलिङ भारतबिच प्रतिष्पर्धा हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

प्रस्तावित आङमानन्द रंगशाला जारी प्रतियोगितामा नेपाल र भारतका १० महिला फुटबल टिमहरुको सहभागिता छ । प्रतियोगितामा माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, कर्णसिं सोनाम एफ.सि. ताप्लेजुङ, कन्काई नगर खेलकुद विकास समिति झापा सहभागी छन् ।

यस्तै माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी, गाइघाट फुटबल क्लब उदयपुर, एफएफसी दार्जिलिङ भारत, जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम, घनकुटा जिल्ला फुटबल संघ र नवदीप युवा क्लब मिक्लाजुङ मोरङ सहभागी छन् ।

प्रतियोगिताका विजेताले नगद दुई लाख एक सय ६७ र उपविजेताले नगद एक लाख एक सय ६७ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल ३ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार