उत्पीडित वर्ग उत्थान समिति देउमाईको अध्यक्षमा बराइली निर्वाचित

  नयाँ बुलन्द
84 Shares

इलाम : उत्पीडित वर्ग उत्थान (दलित) नगर समन्वय समिति देउमाई नगरपालिकाको अध्यक्षमा टिकाराम बराइली निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा नारद शंकरलाई पराजित गर्दै बराइली अध्यक्ष निर्वाचित भएका हुन् । बराइलीले ८२ मत पाउँदा शंकरले ४२ मत पाए ।

उपाध्यक्षमा गोपाल दियाली र पवित्र नेपाली सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा अंकित बराइली निर्वाचित भएका छन् । उनले हर्कबहादुर खातीलाई पराजित गरेका हुन् । बराईलीले ५३ मत पाउँदा खातीले ३२ मत मात्र पाए । अर्का उम्मेदवार देउमान बराइलीले ३० मत मात्र पाए ।

सहसचिवमा बेदमाया विश्वकर्मा र कोषाध्यक्ष पुजा परियार सर्वसम्मत निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा विक्रम धमला, घनश्याम मग्राती, रेश बहादुर दर्जी, बुद्धि बल विश्वकर्मा, सन्तोष परियार, कृष्णमाया परियार र दिलमाया मग्राती निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार