माङसेबुङमा पनर्गठित समन्वय समितिका पदाधिकारीलाई सपथ ग्रहण

  नयाँ बुलन्द
483 Shares

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले गाउँपालिकामा पुनर्गठन गरेको विभिन्न समन्वय समितिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएको छ

शनिबार एक कार्यक्रम आयोजना गरि समितिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गरी औपचारिक जिम्मेवारी दिइएको छ । गाउँपालिकाले विभिन्न समन्वय समितिहरु गठन एवम् पुनर्गठन गरेको थियो ।

कार्यक्रममा गाउँपालिका स्तरीय युवा तथा खेलकुद समिति, महिला समन्वय समिति, दलित समन्वय समिति, जेष्ठ नागरिक सरोकार समन्वय तदर्थ समिति र आदिवासी जनजाति समन्वय तदर्थ समितिका प्रतिनिधिहरुको उपस्थिति थियो । समितिका अध्यक्षहरुलाई गाउँपालिका अध्यक्ष हेमन्त राईले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा उपाध्यक्ष विनोद नेम्बाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा जेष्ठ नागरिक सरोकार समन्वय तदर्थ समितिका अध्यक्ष पूर्णबहादुर बस्नेत, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पृथीमान लिम्बू र नेकपा (एमाले) का प्रतिनिधि मित्र खड्काले मन्तव्य राखेका थिए ।

कार्यक्रममा माङसेबुङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कृष्णबहादुर बस्नेत, नम्बर ३ का वडाध्यक्ष लक्षुमन राई (जनम), नम्बर ६ का वडाध्यक्ष प्रदिप साङपाङ, कार्यपालिका सदस्य तथा प्रवक्ता सुसन राई, कार्यपालिका सदस्य हस्तकुमारी राई लिम्बू, लेखा अधिकृत मञ्जु भट्टराई, प्रशासन अधिकृत मनिमा भट्टराई, पशु चिकित्सक मनोज ठगुन्ना, सुचना अधिकारी ओमप्रकाश खड्का लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन शिक्षा अधिकृत बुद्धि खतिवडाले गरेका थिए ।

गत २८ पुसमा बसेको गाउँकार्यपालिका बैठकले विभिन्न समन्वय समिति गठन गरेको थियो ।

बैठकले राममाया सम्बाहाम्फेको अध्यक्षतामा पाँच सदस्यीय समिति पनर्गठन गरेको थियो । समितिका उपाध्यक्षमा घनादेवी आचार्य, सचिवमा कल्पना वानु राई, सहसचिवमा सनिता राई र कोषाध्यक्षमा अञ्जु लिम्बु आङबुहाङ रहेका छन् । अन्य सदस्यहरु महिला समन्वय समिति संचालन तथा व्यवस्थापन कार्यविधिअनुसार पछि थप गर्ने निर्णय भएको थियो ।

पूर्ण कार्की डोलीको अध्यक्षतामा सात सदस्यीय दलित समन्वय समिति गठन भएको थियो । समितिका उपाध्यक्षमा याम शंकर, सचिवमा सन्त विश्वकर्मा, सहसचिवमा कविता लुहागुन र कोषाध्यक्षमा करिश्मा दियाली रहेका छन् । सदस्यहरुमा गंगाराम बराईली र दिलबहादुर गजमेर रहेका छन् ।

त्यस्तै निवर्तमान जिल्ला समन्वय समिति सदस्य पूणर्बहादुर बस्नेतको अध्यक्षतामा पाँच सदस्यीय जेष्ठ नागरिक सम्मान प्रतिष्ठान तदर्थ समिति गठन भएको थियो । समितिका सदस्यहरुमा हरि साङपाङ, केहरसिंह योङहाङ, किरणकुमार राई र भक्तबहादुर वान्तावा रहेका छन् ।

हरी राईको अध्यक्षतामा आदिवासी जनजाति समन्वय तदर्थ समिति गठन भएको थियो । सचिवमा राजकुमार योङहाङ रहेका छन् ।

अतित योङहाङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको थियो । समितिका उपाध्यक्षमा कृष्ण बुढाथोकी, सचिवमा दिवस साम्बा, सहसचिवमा शरद जङहाङ राई र कोषाध्यक्षमा मञ्जु वान्तावा राई रहेका छन् ।

सदस्यहरुमा कुमार राई, प्रविण लिम्बु, गजेन्द्र योङहाङ, स्मृती राई, सेसेहाङ नेम्बाङ, लोकेन्द्र कार्की डोली, भीषण राई, सन्देश विश्वकर्मा, अविन लिम्बु र उदिप चाम्लिङ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार