फाकफोकथुममा एकिकृत अखिल नेपाल शिक्षक संगठन, अध्यक्षमा जगत लिम्बू

  नयाँ बुलन्द
112 Shares

फाकफोकथुम : नेकपा (माओवादी केन्द्र) निकट शिक्षकहरुको संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन फाकफोकथुम गाउँपालिका कमिटिको अध्यक्षमा जगत लिम्बू चयन भएका छन् ।

आमचोकमा भएको संगठनको गाउँपालिका सम्मेनलबाट लिम्बूको अध्यक्षतामा १३ सदस्यीय कमिटि गठन भएको हो ।

कमिटिका उपाध्यक्षमा चन्द्रकुमारी सुब्बा, सचिवमा रञ्जिता राई र कोषाध्यक्षमा भुपाल कोइराला चयन भएका छन् । सदस्यमा भुमिप्रसाद भट्टराई, दिपेश चौधरीलगायत रहेका छन् ।

कार्यक्रममा माओवादी केन्द्र फाकफोकथुम उपाध्यक्ष लक्ष्मण घतानी, संगठनका प्रदेश कमिटी सदस्य गोपाल खजुम, जिल्ला अध्यक्ष उमाकान्त भट्टराई, प्रेस सेन्टरका केन्द्रिय सदस्य राम योङ्हाङ, संगठनका सचिव अमृत योङहाङ, सहसचिव ज्ञानेश्वर श्रेष्ठ, अर्थ उपमहासचिव लोकराज लिम्बू  र प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष लिला लिम्बूलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शेरबहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत तारा रोइलाले गरेकी थिइन् ।

May be an image of 3 people, people sitting and people standing

May be an image of 5 people and people standing

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार