हेम एण्ड माया फाउण्डेसन द्धारा अग्नीपिडितलाई ५० हजार सहयोग ।

मानव सेवा र सहायताको निम्ती स्थापित हेम एण्ड माया फाउण्डेसनले धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारका अग्नीपिडितहरुलाई आर्थिक सहयोग गरेको छ ।

  टिआर सेनेहाङ
252 Shares

मानव सेवा र सहायताको निम्ती स्थापित हेम एण्ड माया फाउण्डेसनले धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारका अग्नीपिडितहरुलाई आर्थिक सहयोग गरेको छ । तेह्रथुमको मोराहाङ घर भई हाल अमेरिकाको न्युयोर्क बसोबास गर्दै आउनु भएका फाउण्डेसनका संञ्चालक हेम थापा र श्रीमती माया थापाले पिडितहरुलाई नेपाली रुपैया ५० हजार सहयोग गर्नुभएको हो ।

शुक्रबार आयोजित एक कायक्रमका बिच उक्त सहयोग रकम फाउण्डेसनका प्रदेश नं. १ उपाध्यक्ष मित्र परियारले जनप्रतिनिधीको उपस्थितीमा पिडितहरुलाई हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गिता गुरुङ सेवा ,वडा नं.६ का अध्यक्ष दिपक गुरुङ,अग्नीपिडित लगायतले समाजसेवी दम्पतीलाई धन्यवाद दिएका थिए ।उक्त सहयोग रकमलाई क्षतिको अवस्था हेरेर पिडितहरुलाई वितरण गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

गत पुष २९ गतेको आगोलागीमा परि सिँधुवा बजारमा ६ घर जल्दा ८ परिवार विस्थापित भएका छन् । फाउण्डेसनले देश तथा विदेशमा रहेर बिभिन्न समस्यामा परेकालाई २५ करोड बढि सहयोग गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार