उनले आजै नागरिकता प्राप्त गरे आफ्नो दलले पाएको गृहमन्त्रालयमा पूनः लामिछानेलाई नै पठाउने सो दलका नेताहरुको तयारी छ । संविधानतः सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्दा कुनै आपत्ति हुने छैन् । सो दलले चितवन–२ मा हुने उपनिर्वाचनमा पूनः रविलाई नै उठाउने तयारी गरिसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन राजी भएका छन् । सम्भवतः आजै लामिछाने गृहमन्त्रीमा नियुक्त हुनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री दाहालसँग लामिछानेले आज नागरिकता प्राप्त गरेपछि भेट्ने कार्यतालिका रहेको छ । नागरिकता प्राप्त गरेपछि भने लामिछाने पार्टीको सभापतिमा नियुक्त हुनेछन् । उनी गृहमन्त्रीमा नियुक्त भए जतिसक्दो चाँडो चितवन–२ मा उपनिर्वाचन हुनेछ ।- रिपोटर्स क्लव