काठमाडौं : युवराज कार्की नेतृत्वको नेपाल राष्ट्रिय जागरण अभियानको बैठक काठमाडौंमा सम्पन्न भएको छ । सो अभियानको यही माघ २२ गते हुन गइरहेको प्रथम कार्यकर्ता भेलाको तयारीका लागि सचिवालयको बैठक सम्पन्न भएको हो ।
‘लोकतन्त्र, संघीयता, धर्म निरपेक्ष र समावेसी राज्यको पक्षधर शक्ति एक हौं’ भन्ने मूल नाराका साथ भेला सम्पन्न हुने अभियान्ता टेकबहादुर थापा‘बुद्धप्रिय’ले जानकारी दिए ।
नेपाल राष्ट्रिय जागरण अभियानको केन्द्रिय समितिले काठमाडौंमा हुने उक्त भेलामा सम्पूर्ण लोकतन्त्र, संघीयता, धर्म निरिपेक्ष र समावेसी राज्यको पक्षमा उभिने न्यायप्रेमी दाजुभाई तथा दिदिबहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।