इलाम : इलामको माङसेबुङमा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा माङेसेबुङ गाउँपालिका ३ बुढाथोकी गाउँका ३० वर्षीय सुमन बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
को २ च २५१ नम्बरको कुचो बोकेको पिकअप भ्यान सोमबार साँझ करिब ७ बजे माङसेबुङ ३ स्थित बुढाथोकी गाउँमा दुर्घटना भएको थियो । बुढाथोकी सोही भ्यानका कामदार थिए ।
भ्यान सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो । भ्यान चालकलाई ईलाका प्रहरी कार्यालय मंगलबारेले नियन्त्रणमा लिएको जनाइएको छ ।