नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति इलामको अध्यक्षमा मगर

  नयाँ बुलन्द
420 Shares

इलाम :  नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति इलामको अध्यक्षमा चन्द्रमोहन गुर्मछान (मगर) निर्वाचित भएका छन् ।

शनिबार इलाम सदरमुकाममा भएको संगठनको दोस्रो जिल्ला सम्मेलनबाट मगर अध्यक्षमा निर्वाचित भएका हुन् । सम्मलेनले मगरको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।

समितिका उपध्यक्षहरुमा मनोजकुमार धुरझार र रामप्रसाद मिश्र, सचिवमा राजेन्द्र ढुंगेल, सहसचिवमा सुरेन्द्र थलङ र कोषाध्यक्षमा उत्तम अधिकारी निर्वाचित भएका छन् ।

सदस्यहरुमा लालबहादुर राउत, रेवत धिमाल, तुलसिं भट्टराई, मोहन राजवंशी, लक्ष्मण तामाङ र जितेन्द्र शाह निर्वाचित भएका छन् । एकजना सदस्य समितिको पहिलो बैठकबाट मनोनित हुन्छन् ।

सम्मलेनले केन्द्रिय प्रतिनिधिहरुमा कुलदिप राजवंशी प्रमोद दाहाल एवम् प्रदेश प्रतिनिधिमा कर्ण मगर, मानभत्त श्रेष्ठ, मनोज यादव र राम मिश्रलाई निर्वचित गरको छ ।

कुलदिप राजवंशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज  धिरेन्द्र शर्मा (रमन), सहइन्चार्ज हर्क लावती (कान्छा), राम राई, उर्मिला तामाङ, इलाम संयोजक विजय खम्बू, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानासहित माओवादी केन्द्र र जनवर्गीय संगठनका प्रतिनिधिहरुको उपस्थिती  थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार