पहिलो पटक ताप्लेजुङमा महिला प्रजिअ आउँदै

  नयाँ बुलन्द  2625 पटक हेरिएको

पोख्रेल काभ्रेपलाञ्चोक सरुवा भएपछि गृह मन्त्रालयमा रहेकी गोमादेवी चेम्जोङ ताप्लेजुङको प्रजिअका रुपमा आउने भएकी हुन् । चेम्जोङले यसअघि भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हालिसकेकी छिन् ।

ताप्लेजुङमा गत बर्षहरुमा महिलाले सहायक प्रमुख जिल्ला अधिकारीको कार्यभार मात्रै सम्हालेका थिए । अहिले भने जिल्ला न्यायाधीश र सरकारी वकिल पनि महिला छन् । जिल्ला न्ययाधीशमा निर्मला योङ्हाङ तथा सरकारी वकिलमा मौना सिंह रहेका छन् ।-पाथिभरा प्रेसबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार