माङसेबुङ गाउँपालिकाले नयाँ वर्षमा माङमालुङ कृषि पिकनिक महोत्सव आयोजना गर्ने

  नयाँ बुलन्द
413 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले नयाँ वर्ष २०८० को अवसरमा माङमालुङ कृषि पिकनिक महोत्सव आयोजना गर्ने भएको छ ।

गत २८ पुसमा बसेको गाउँकार्यपालिका बैठकले वैसाख १ र २ गते माङसेबुङ गाउँपालिका २ र ६ को संगम माङमालुङ बजारमा महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

माङसेबुङमा कृषि उत्पादनको प्रदर्शनी तथा प्रवर्द्धन गर्ने उदेश्यले माङमालुङ कृषि पिकनिक महोत्सव आयोजना गर्ने निर्णय गरिएको माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसन राई (रुङमाहाङ) ले जानकारी दिए ।

गाउँपालिका भित्रका जग्गा वर्गीकरण गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाई कार्यन्वयन गर्ने, एक वडा एक स्वास्थ्य इकाई कार्यक्रम अन्तर्गत माङसेबुङ गाउँपालिका वडा नम्बर ३ को चतुरे, वडा नम्बर ४ को सिमलटार र वडा नम्बर ५ को खानिटारमा निर्माण गर्नका लागि आवश्यक पहल गर्ने, १० सैयाको अस्पताल निर्माणको लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार