इलाम : इलामको माङसेबुङ गाउँपालिकामा गाउँपालिकास्तरीय आदिवासी जनजाति समन्वय तदर्थ समिति गठन भएको छ ।
गत २८ पुसमा बसेको कार्यपालिका बैठकले आदिवासी जनजाति समन्वय तदर्थ समितिको अध्यक्षमा हरी राई र सचिवमा राजकुमार योङहाङ रहने गरफ तदर्थ समिति गठन गरेको हो ।
अन्य पदाधिकारी र सदस्यहरु थप गर्ने बुधबार गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङ) द्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।
गाउँपालिकाले आदिवासी जनजाति समन्वय समितिको संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि बनिनसकेको हुनाले तत्काल अध्यक्ष र सचिव मात्र तोकिएको प्रवक्ता राईले जानकारी दिए ।