इलाम : इलामको माङसेबुङ गाउँपालिकामा गाउँपालिकास्तरीय जेष्ठ नागरिक सम्मान प्रतिष्ठान तदर्थ समिति गठन भएको छ ।
गत २८ पुसमा बसेको कार्यपालिका बैठकले निवर्तमान जिल्ला समन्वय समिति सदस्य पूणर्बहादुर बस्नेतको अध्यक्षतामा पाँच सदस्यीय तदर्थ समिति गठन भएको हो ।
समितिका सदस्यहरुमा हरि साङपाङ, केहरसिंह योङहाङ, किरणकुमार राई र भक्तबहादुर वान्तावा रहेको बुधबार गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङ) द्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।