माङसेबुङमा गाउँपालिकास्तरीय दलित समन्वय समिति गठन, अध्यक्षमा डोली

  नयाँ बुलन्द
112 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा गाउँपालिका स्तरीय दलित समन्वय समिति गठन भएको छ ।

गत २८ पुसमा बसेको कार्यपालिका बैठकले पूर्ण कार्की डोलीको अध्यक्षतामा सात सदस्यीय दलित समन्वय समिति गठन गरेको हो ।

समितिका उपाध्यक्षमा याम शंकर, सचिवमा सन्त विश्वकर्मा, सहसचिवमा कविता लुहागुन र कोषाध्यक्षमा करिश्मा दियाली रहेका छन् ।

सदस्यहरुमा गंगाराम बराईली र दिलबहादुर गजमेर रहेको बुधबार गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङ) द्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

अध्यक्ष डोली अघिल्लो कार्यकालमा माङसेबुङ गाउँपालिकाका कार्यपालिका सदस्य थिए भने सचिव विश्वकर्मा वडा नम्बर ४ का वडा सदस्य थिए । जनप्रतिनिधिबाट बाहिरिएका दुवैलाई गाउँपालिकाले समन्वय समितिको अध्यक्ष र सचिवको जिम्मेवारी दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार