माङसेबुङ महिला समन्वय समिति पुर्नगठन, अध्यक्षमा सम्बाहाम्फे

  नयाँ बुलन्द
392 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले महिला समन्वय समिति पुर्नगठन गरेको छ ।

गत २८ पुसमा बसेको कार्यपालिका बैठकले महिला समन्वय समिति पुर्नगठन गरेको हो ।

बैठकले राममाया सम्बाहाम्फेकोअध्यक्षतामा पाँच सदस्यीय समिति पनर्गठन गरेको बुधबार गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङ) द्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

समितिका उपाध्यक्षमा घनादेवी आचार्य, सचिवमा कल्पना वानु राई, सहसचिवमा सनिता राई र कोषाध्यक्षमा अञ्जु लिम्बु आङबुहाङ रहेका छन् ।

अन्य सदस्यहरु महिला समन्वय समिति संचालन तथा व्यवस्थापन कार्यविधिअनुसार पछि थप गर्ने निर्णय भएको प्रेस वक्तव्यमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार