माङसेबुङ युवा तथा खेलकुद समिति पुर्नगठन, अध्यक्षमा योङहाङ

  नयाँ बुलन्द
728 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले युवा तथा खेलकुद समिति पुर्नगठन गरेको छ ।

गत २८ पुसमा बसेको कार्यपालिका बैठकले माङसेबुङ खेलकुद कार्यविधि २०७५ संशोधन गरी माङसेबुङ युवा तथा खेलकुद कार्यविधि बनाउँदै समिति पुर्नगठन गरेको हो ।

बैठकले अतित योङहाङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको बुधबार गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङ) द्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

समितिका उपाध्यक्षमा कृष्ण बुढाथोकी, सचिवमा दिवस साम्बा, सहसचिवमा शरद जङहाङ राई र कोषाध्यक्षमा मञ्जु वान्तावा राई रहेका छन् ।

सदस्यहरुमा कुमार राई, प्रविण लिम्बु, गजेन्द्र योङहाङ, स्मृती राई, सेसेहाङ नेम्बाङ, लोकेन्द्र कार्की डोली, भीषण राई, सन्देश विश्वकर्मा, अविन लिम्बु र उदिप चाम्लिङ रहेको प्रेस वक्तव्यमा उल्लेख छ ।

पुनर्गठित समितिका पदाधिकारी र सदस्यहरुलाई केही समयपछि गाउँपालिकाले पद तथा गोपनीयताको सपथ ग्रहण गराई औपचारिक जिम्मेवारी दिइने गाउँपालिका प्रवक्ता राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार