माङसेबुङमा गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा स्वयमसेवी अभियान समिति

  नयाँ बुलन्द
280 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा गाउँपालिकास्तरीय हामी स्वयमसेवी अभियान समिति गठन भएको छ ।

गत २८ पुसमा बसेको कार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा आठ सदस्यीय समिति गठन गरेको हो ।

कार्यविधिमा व्यवस्था भए अनुसार गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा समिति गठन गरिएको बुधबार गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङ) द्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

समितिका सदस्यहरुमा गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान, इभाङ प्रहरी चौकीका इन्चार्ज प्रदिप गिरी, लागूऔषध तथा विपद् व्यवस्थापनमा काम गर्ने व्यक्तिबाट विजेस राई, पत्रकारबाट सुमन लावती, नेपाल स्काउटबाट सुदिप राई रहेका छन् ।

सदस्य सचिवमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा रहेका प्रेस वक्तव्यमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार