फलोअपः ओछ्यानमा थलिएका चेम्जोङलाई कोरियाबाट आर्थिक सहयोग

  युद्धबहादुर बोहोरा
1.5k Shares

पाँचथरः आर्थिक अभावले उपचार गर्न नसकेर ओछ्यानमा थलिएका  पूर्णबहादुर चेम्जोङलाई कोरियामा रहेका पाँचथरका युवाले आर्थिक सहयोग गरेका छन् ।

उनको उपचार सहयोगका लागि साविक फाक्तेप-७ घर भइ हाल कोरियामा कार्यरत राजेन्द्र चेम्जोङ र नेपालको तर्फबाट समाजसेवी वीरनरसिंह चेम्जोङको पहलबाट नेपाली रुपैयाँ एक लाख ७१ हजार रुपैयाँ  संकलन गरिएको छ । उक्त रकम फाल्गुन्नद ५ नम्बर वडाका अध्यक्ष बिष्णु कुमार चेम्जोङ मार्फत मंगलबार बिरामीको श्रीमती र छोरी बिमला चेम्जोङलाई हस्तान्तरण गरिएको छ ।

 

यसअघि वहाँको परिवारलाई उपचार सहयोग होस् भन्ने हेतुले हङकङमा रहेका आफ्ना दाजुभाइद्वारा आर्थिक सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको छ । समाजसेवी वीरनरसिंह चेम्जोङको पहलमा हङ्कङमा रहेका फाल्गुनन्द ५ निवासी भूपेन्द्र चेम्जोङलगायत अन्य दाजुभाईबाट जम्मा भएको रकम ६४ हजार तीन सय ५० रुपैंया हस्तान्तरण गरिएको थियो ।

साविक फाक्तेप गाविसको साविक वडा नम्बर ७ हाल फाल्गुनन्द ५ नम्बर वडास्थित कोप्चे निवासी (राँगापाला) भनेर चिनिने ६५ वर्षीय समाजसेवी चेम्जोङ प्यारालाईसिसको बिरामी भइ जीवनमरणको दोसाँधमा ओछ्यानमा छट्पटाइ रहेका छन् । आर्थिक अवस्था कम्जोर हुँदा उपचार गर्न नसकेर ओछ्यानमै थलिन बाध्य भएका छन् ।

घरको सिकुवामा कोठा बारेको छ । त्यहीं उनी एउटा होचो सिरानीको टेकोमा सिरक ओढेर अचेत अवस्थामा  सुतिरहेका पिडित बिरामीलाई कान्छो छोरा,श्रीमती र छोरीले स्याहार सुसार गर्दै उनको जीवन बचाउन गुहार मागिरहेका छन् ।

न आफै खान सक्छन् , न दिशा पिसावका लागि शौचालय नै जान सक्छन् । श्रीमती र छोराछोरीले नै उनको स्याहार गर्दै आएका छन् । उनको शरीर हाल एक पाटो राम्ररी चल्दैन । लामो समय राजनीति,समाजसेवा र कृषि पेशामा समेत सकृय रहेका चेम्जोङलाई रोगले ग्रस्त पारेपछि साथीभाई र सहकर्मी जो आएपनि अत्तोपत्तो छैन । बरु दयनिय अवस्थामा जीवनको अन्तिम सास फेरिरहेका छन्  औछ्यानमा सुतेर उनी ।

करीब तीन वर्ष अगाडिदेखि स्वास्थ्य कम्जोर भएपछि न्युरो अस्पताल विराटनगर लगिएको थियो ।
चिकित्सकले पूर्ण उपचारको लागि १० देखि २० लाखसम्म खर्च लाग्ने बताएपछि खर्च अभावमा राम्रो उपचार नभई घर फिर्ता हुनु परेको छोरी बिमलाले बताइन् । दुई लाख भन्दा बढी रकम ऋण गरेर उपचारमा पुर्याइयो तर सामान्य उपचार गर्दा मात्रै सबै रकम सकियो । त्यस बेला सामान्य ठीक हुँदै आएको थियो । फेरि, निरन्तर दिन नसकेकोले सम्स्या थपिएको उनले बताइन् । उनी भन्छिन्,’स्थानीय क्षेत्रमा उपचार सम्भव नभएकाले झापाका विभिन्न अस्पताल लगियो । त्यसपछि डाक्टरको सल्लाह अनुसार ठुलो आस्पताल लगेपनि खर्च पुर्याउन सकिएन । ‘अरुसंग सापटी मागरे लगेको रकम समेत तिर्न नसकेको अवस्था छ के गर्नु ?आफ्नो बुबाको उपचार गर्न नसकेकोमा हाम्रो परिवार अत्यन्तै दुखित छौं’, उनले थपिन् । उनको जेठा दाजु घरबाहिर छन् । कान्छो भाइ घरमै बुबाको स्याहारमा र बेरोजगारी पनि। ‘आमा घर व्यवहार र बुबाको हेरचाहमा अजभोली ब्यस्त हुनुहुन्छ । म बाल शिक्षा पढाएर घरको दैनिकी दुःखले टारेकी छु ‘,भावुक हुँदै उनले दुखेसो पोखिन् । उनको बुबाको उपचारको लागि मोबाइल नम्बर ९८१५०९६५०५ मा सम्पर्क गरि इच्छुकले आर्थिक सहयोग गरिदि पनि उनले आग्रह गरेकी छिन् ।

हाल ओछ्यानमा थलिएका चेम्जोङ तत्कालीन संघीय समाजवादी फोरम नेपाल,पाँचथरको जिल्ला उपाध्यक्ष,किराँत भाषा तथा साहित्य उत्थान संघ पाँचथरको  पूर्वअध्यक्ष साथै टीकाभैरुङ आधारभूत विद्यालयको  व्यवस्थापन समिति  समेत पूर्वअध्यक्षको कार्यभार पूरा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार