इलाम नगरकप : वडा नम्बर ५ सेमीफाइनल प्रवेश

  नयाँ बुलन्द  669 पटक हेरिएको

इलाम :  इलाम सदरमुकाममा जारी इलाम नगरकपमा वडा नम्बर ५ सेमीफाइनल प्रवेश गरेको छ । मंगरबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा वडा नम्बर १० लाई ४-० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ५ ले अन्तिम चारको यात्रा तय गरेको हो ।

वडा नम्बर ५ को जितमा आशिष राई, आदर्श गुरुङ र मिलन लिम्बुले गोल गरे । खेलको पहिलो मिनेटमा नै आशिष राईको गोलबाट वडा नम्बर ५ ले अग्रता लिएको थियो । खेलको २३ औँ मिनेटमा आदर्श गुरुङले गोल गर्दै अग्रता दोव्वर बनाएका थिए । खेलको ५२ औँ मिनेटमा आशिष राईले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को स्कोरमा पुर्‍याए ।

खेलको ५७ औँ मिनेटमा मिलन लिम्बुले गोल गदै ४-० को जित दिलाए । खेलको मेन अफ दि म्याच विजयी टिमका मिलन लिम्बु घोषित भए ।

बुधबार प्रतियोगिताको सेमीफाइनल चरणको खेल सुरु हुनेछ । पहिलो सेमीफाइनलमा वडा नम्बर ९ र वडा नम्बर ३ भिड्ने छन् । बिहीबार दोश्रो सेमीफाइनलमा वडा नम्बर ५ ले वडा नम्बर ७ को सामना गर्नेछ ।

इलाम नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल ७ माघमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार